ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असाेज ११ । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ।

यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। 

बैंकले सार्वजनिक गरेको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएका सेयर धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाे आवेदन दिन र आवश्यक कागजात बुझाउन सक्नुका साथै अनलाइन आवेदन पूरा गरेपछि निवेदनको अवस्थाबारे आफैंले जानकारी लिन सक्नेछन्। 

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम  ५ लाखदेखि अधिकतम २५ लाखसम्म तोकिएको बैंकले बताएको छ। यो कर्जाका निम्ति धितोको रुपमा स्वीकार गरिने सेयर निवेदक स्वयंको हुनुपर्नेछ। यो सुविधा बैंकले हालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। 

हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २५५ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्