आल्भेजमाथि रियल म्याड्रिडको जित

खबर बुक
  • ख-
  • ख
  • ख+

९ असोज, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा लुकास भाज्क्वेज, किलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि कार्लोस बेनाभिडेज र किके गार्सियाले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको ७ खेलमा १० अंक रहेको छ र लिगमा ८औं स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्