गरिमा विकास बैंकले ५ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री खुलायो

खबर बुक
  • ख-
  • ख
  • ख+

८ असोज, काठमाडौं ।गरिमा विकास बैंकले ५ लाख ३३ हजार २८६.९९ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयरमध्ये ४ लाख २५ हजार १५६ कित्तामा व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्ने जनाएको छ।

सेयर खरिद गर्न चाहनेले असोज ८ देखि १५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाटमा खरिद परिमाणसहितको आवेदन दिनुपर्नेछ। बैंकले १ लाख ८ हजार १३०.३२ कित्ता सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बताएको छ।

सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाटमा संख्यासहित निवेदन दिनुपर्नेछ। तोकिएको समयावधिभित्र संस्थापकबाट सेयर खरिद आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्