जारी एन्फा महिला लिगमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाको बराबरी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असोज ७ । काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले चन्द्रपुर नगरपालिकासंग बराबरी खेलेको छ ।

सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशीले चन्द्रपुरसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पहिलो गोल चन्द्रपुरले गरेको थियो । चन्द्रपुरका लागि खेलको ५१ औं मिनेटमा सुनिता कुँवरले गोल गरेकी थिइन् , तर खेलको ८० औं मिनेटमा कोशीका तर्फबाट ममता राउतले गोल गर्दै बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि भने दुवै टोलीले कुनै गोल गर्न सकेन ।

बराबरीसंगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै छ भने समान खेल खेलेको चन्द्रपुर ८ अंकका साथ सातौ स्थानमा उक्लिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्