भदौसम्म गत वर्षभन्दा १५ अर्ब बढी राजस्व, पुँजीगत खर्च करिब दाेब्बर

खबर बुक
  • ख-
  • ख
  • ख+

१ असोज, काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को सुरुआती दुई महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो चालू वर्ष लक्ष्यको ११.५२ प्रतिशत हो।

चालू वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व (अनुदानसमेत) उठाउने लक्ष्य लिएको थियो। दुई महिनामा संकलित राजस्व गत वर्षको साउन र भदौको तुलनामा भने बढी छ।

गत वर्ष भदौसम्म लक्ष्यको १०.४७ प्रतिशत राजस्व संकलन गरेको थियो।

चालू वर्षको राजस्व संकलन गत भदौको तुलनामा १५ अर्ब २८ करोड २० लाख रुपैयाँले बढी हो। चालू वर्ष पुँजीगत खर्चमा पनि सुधार आएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू वर्षको ३ खर्ब ५२ अर्ब ३५ करोडको लक्ष्य रहेको पुँजीगत खर्चमध्ये २ महिनामा ४.२३ प्रतिशत अर्थात १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ खर्च भएको छ। गत वर्ष यस्तो खर्च २.७ प्रतिशत अर्थात ८ अर्ब १६ करोड ३९ लाख रुपैयाँ थियो भने पुँजीगत खर्चकै रकम पनि ३ खर्ब २ अर्ब मात्रै छुट्याइएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्