शाहरुख पुत्र आर्यन खानले पाए ‘क्लिन चिट’

खबर बुक
  • ख-
  • ख+

लागुऔषध मामिलामा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले ‘क्लिन चिट’ पाएका छन् ।

प्रहरी अधिकृत सञ्जयकुमार सिंहले एनसीबीलाई आर्यन खानसहित अन्य पाँचविरुद्ध कुनै प्रमाण नभेटिएको बताए । ‘आर्यन र मोहकबाहेक सबै आरोपीले नशालु पदार्थ सेवन गरेका थिए ।

१४ व्यक्तिविरुद्ध एनडीपीएस एक्टको विभिन्न धाराअनुसार उजुरी दर्ता गरिँदैछ । बाँकी पाँचजनाविरुद्ध प्रमाणको अभाव भएकाले उजुरी दर्ता गरिने छैन’, उनले भनेका छन् ।

प्रहरीको चार्जसिटमा आयर्नको नाम छैन । लागुऔषध मामिलामा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो ‘एनसीबी’ले ६ हजार पृष्ठको चार्जसिट अदालतमा प्रस्तुत गरेको छ । जहाँ १४ जना आरोपीको नाम उल्लेख छ ।

गत वर्षको ३ अक्टोबरमा मुम्बई क्रुजमा भइरहेको लागुऔषध पार्टीमा सहभागी भएको भन्दै एनसीबीले छापा मारेपछि आर्यनसहित आठजना पक्राउ परेका थिए । उनलाई करिब १८ दिनसम्म जेलमा राखेपछि बम्बई उच्च अदालतबाट जमानत पाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्