रासायनिक मलको तथ्यांक विद्युतीय प्रणालीमा राखिँदै 

खबर बुक
  • ख-
  • ख
  • ख+

२७ भदौ, काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रासायनिक मलको तथ्यांक विद्युतीय प्रणालीमा राख्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

मन्त्रालयले एक महिनाभित्रै रासायनिक मलको तथ्यांक विद्युतीय प्रणालीमा राख्ने तयारीस्वरुप काम भइरहेको बताएको हो। एक महिनाभित्रै विद्युतीय प्रणाली तयार हुने गरी आन्तरिक रूपमा सफ्टवेयर तयार गरी ‘डेमो’ हुँदै आएको मन्त्रालयको भनाइ छ।

विद्युतीय प्रणालीमा मल आयात, सञ्चय, प्रदेश तथा स्थानीय तहलाई विभाजन हुने कोटा, बिक्रेता तथा लाभाग्रहीको विवरण राखिनेछ।

रासायनिक मल खरिदका लागि विद्युतीय प्रणालीबाटै आवेदन दिइनुपर्नेछ भने एक पटक मल पाएका सेवाग्रहीले त्यसको विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्