नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, भदौ २६ । कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा कोशीलाई ४–० गोल अन्तरले पराजित गदै पुलिस तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो । जारी लिगमा कोशीको यो पहिलो हार हो । पुलिसको जितमा अनुस्का शेर्पाले खेलको २४ मिनेटमा गोल गरेकी थिइन् भने निर्मला उपाध्यायले ४६, सम्झना लावतीले ७९ मिनेट र अमृता जैशीले खेलको ८८ औ मिनेटमा गोल गरेकी थिइन् ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ । पहिलो हार बेहोरेको कोशी ९ अंकका साथ दोश्रो स्थानमा रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्