काठमाडौँ , भदाै २४ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
न्युज कारखाना











