पेट्रोलियम आयात घटेकाले इथानोल मिश्रणबारे थप अध्ययन आवश्यकः  अध्यक्ष प्रधान

खबर बुक
  • ख-
  • ख
  • ख+

२४ भदौ, काठमाडौं । पेट्रोलियम डिलर एसाेसएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि प्रश्न उठाएका छन्। ईभी (विद्युतीय गाडी) प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम आयात घट्दो क्रममा रहेकाले इथानोल मिश्रण किन र कति आवश्यक हो भन्नेमा उनले प्रश्न उठाएका हुन्। 

‘केही समय अघिसम्म नेपालले ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो। सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ। यसरी आधा नै आयात घट्दै गर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको किन आवश्यक पर्यो रु’ उनले जिज्ञासा राखे। 

तथापि, आफुहरु पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने ९ढुवानी गर्ने० बताउँदै उनले बरु ढुवानी भाडा चाहीँ राम्रो दिन आग्रह गरे। 

नेपालमा जुनसुकै नीति तथा योजना बन्ने तर लामो समय सम्म पनि कार्यान्वयन नहुँने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे।

‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो। यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं। अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो। उनले संशय व्यक्त गरे।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्