ईङल्याण्डका अलराउण्डर मोइन अलीको सन्यास

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ , भदाै २३ । ईङल्याण्डका अल राउण्डर मोइन अलीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ बर्षिय अलीले अस्ट्रेलिया सिरिजमा टिममा छनौट नभएपछि सन्यासको घोषणा गरेका हुन् ।

उनले आफुले ईङल्याण्डको लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउदो जेनेरेसनले खेल्ने समय भएको बताएका छन् । २०१४ मा ईङल्याण्डका लागि अन्तराष्ट्रिय डेभ्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् ।

उनले ईङल्याण्डका लागि सबै फर्म्याटमा ६६७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।

उनी ईङल्याण्डका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । ईङल्याण्डले सो खेल हारेको थियो । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।

न्युज कारखाना
          

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्