काठमाडौं, भदाै १७ । मोबाइल सेवाप्रदायक निजी कम्पनी एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण भएको छ। आइतबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले किस्ता सुविधा दिएर लाइसेन्स नवीकरण गरेको हो।
एनसेलले चार किस्ता तिर्ने सर्तमा लाइसेन्स नवीकरण भएको र २०८४ भित्र ब्याजसहित किस्ता तिरिसक्नु पर्ने प्राधिकरणले जनाएको छ। चार किस्तामा प्रतिकिस्ता ५ अर्ब दरले एनसेलले पैसा बुझाउनु पर्ने छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क र ब्याजसहित ४ किस्ताको सुविधा दिएर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरेको हो।











