आइतबार, भदौ १६, २०८१ । सहकारी ठगी छानबिन संसदीय विशेष समितिले महिला सहकारी सञ्चालकसँग छलफल गरेको छ। सिंहदरबारमा आइतबार बिहान सुरु भएको बैठकमा समितिले महिला सहकारी सञ्चालकसँग छलफल गरेको हो।
यसअघि बुधबार बसेको समिति बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको थियो। समितिले हालसम्म रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको छ।





तस्बिर : नेपाल फोटो लाइब्रेरी











