पलेशा क्वार्टरफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , भदाै १४ । जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन् ।

शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन् । योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। 

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् । यो खेल आजै केहीबेरपछि हुदै छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्