अबदेखि अभिकर्ताले आफ्नै परिवारको बिमा गराउन पाउने

खबर बुक
  • ख-
  • ख+

१२ भदौ, काठमाडौं । अबदेखि बिमा अभिकर्ताले आफ्नै परिवारको बिमा गराउन पाउने भएका छन्। नेपाल बिमा प्राधिकरणले अभिकर्तालाई एकाघर परिवारमा लगाएको प्रतिबन्ध खारेज गर्ने भएको हो।

प्राधिकरणले बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै गत फागुन १४ देखि पेसागत बिमा अभिकर्तालाई एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बिमा गराउन बन्देज गरेको थियो।

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक र उच्चपदस्थका व्यक्तिलाई मात्रै यस्तो बन्देज थियो। बिमा अभिकर्ताले आफ्नै परिवारको बिमा गराउन नपाउने विषयबारे संस्थागत अभिकर्ताले विरोध गरेपछि निर्देशिका संशोधन गर्न लागिएको हो।

निर्देशिका संशोधनमा अभिकर्ताको हकमा मात्रै एकाघर परिवारको बन्देज हटाइने प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए। ‘संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको पहिलो संसोधन गर्न लागेका हौं, जसमा अभिकर्तालाई लगाइएको एकाघर परिवारको बन्देज मात्रै हटाइन्छ,’ उनले भने। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्