संसद् बैठकः अर्थमन्त्रीबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पेस गर्ने कार्यसूची

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। संसद् सचिवालयले प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची सार्वजनिक गरेको छ।

आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको हो।

यस्तै, बैठकमा सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची रहेको संसद् सचिवालयको सूचनामा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्