फेलिक्स चेल्सीमा भित्रिए

खबर बुक
  • ख-
  • ख
  • ख+

६ भदौ, काठमाडौं । पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरी चेल्सी भित्रिएका छन् ।

चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ । चेल्सीले फेलिक्सलाई ६ बर्षका लागि भित्र्याएको जानकारी दिएको छ ।

फेलिक्सले यसअघि २०२२-२३ सिजनमा चेल्सीमा लोनमा एक बर्ष खेलेका थिए । 

त्यसपछि लोनमा नै बार्सिलोनाबाट गत सिजन खेलेका फेलिक्स फेरी चेल्सीमै फर्किएका छन् ।

फेलिक्सले चेल्सी फर्किदा आफ्नो घरमा फर्किए जस्तो अनुभव भएको बताएका छन् ।

२४ बर्षिय फेलिक्स एटलेटिको म्याड्रिडमा प्रशिक्षकसँग विवाद भएपछि दुई सिजन ;लोनमा चेल्सी र बार्सिलोनाबाट खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्