काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत बैंकले ७.७७ प्रतिशतको स्थिर ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउनेछ।
स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले बताएको छ।
कर्जा ०.५ प्रतिशत प्रोसेसिङ शुल्कमा उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले भदौ १ देखि आउँदो कात्तिक मसान्तसम्म यो अफर सञ्चालन हुने बताएको छ।











