बढ्यो घरजग्गा कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो।

जसअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही महिनामा ११.६४ प्रतिशतले जग्गा कारोबार बढेको पाइएको छ । घरजग्गा कारोबार बढेसँगै यस अवधिमा राजस्व संकलनसमेत बढेको छ। साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षको सो अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ।

घरजग्गा कारोबारमा सरकारले सेवा कर, पुँजीगत लाभ कर, रजिस्ट्रेसन दस्तुर लगायतका कर उठाउने गरेको छ। चालू वर्ष घरजग्गा कारोबारबाट राजस्व संकलन बढेसँगै सरकारको समग्र राजस्व संकलनमा टेवा पुर्‍याएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्