एक घण्टामै ९ अर्ब बढीको कारोबार, नेप्से ४६ अंकले बढ्यो 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सेयर बजारमा एक घन्टामै ९ अर्ब बढीको कारोबार भएको छ। साताको कारोबारको पहिलो दिन आइतबार कारोबार खुलेको एक घन्टामै  ९ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको हो। 

अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार हुँदै सेयर कारोबारले नयाँ किर्तिमान बनाएको थियो। 

आइतबार १२ बजेसम्म सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.२३ अंक अर्थात् १.५४ प्रतिशतले बढेर ३०४७.०५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३००१.८१ बिन्दुमा बन्द भएको थियो। 

१२ बजेसम्म कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। समाचार तयार पार्दासम्म राष्ट्रिय बिमा कम्पनी, मल्टीपर्पोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्