पोखराको लेकसाइडमा अंशुभराको ‘३१ एभिन्यू’ आउँदै, लगानी ६० करोड

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ। पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो।

अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए। पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ।

थापाकाअनुसार अंग्रेजी नयाँ वर्षको अवसर उक्त प्रोजेक्ट सुरु हुनेछ। ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो। नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ,’ प्रबन्ध निर्देशक थापाले भने, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिनेछ।’

पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने र सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुने उनले दजानकारी दिए। अंशुभरा ३१औं वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यू नामकरण गरिएको छ। 

भवनमा २० कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने बताइएको छ। तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ भने पाँच वटा रिटेल पसल हुनेछन्। विभिन्न ब्राण्डका लुगा पसल, ह्ययान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ। जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालनमा ल्याउन लागिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्