बलिउड फिल्म निर्माता बोनी कपूरको तीन लाख रुपैंयाँ चोरी

खबर बुक
  • ख-
  • ख+

बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब तीन लाख ८२ हजार रुपैंयाँ चोरी भएको छ । बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिएका छन् । मुम्बईको अम्बोली प्रहरीले सूचना प्रौद्योगिकी अधिनियम अनुसार उजुरी दर्ता गरेको छ ।

समाचारअनुसार बोनीले गत मार्चमा आफ्नो बैंक खाताबाट कसैले पैसा निकालेको खबर पाएका थिए । जब उनले यो कुरा बैंकलाई जानकारी दिए, त्यो बेला उनको खाताबाट अरु कसैले पैसा निकालेको खुलेको थियो ।

 

बोनीले कसैलाई पनि आफ्नो क्रेडिट कार्डको बारे जानकारी दिएका थिएनन् । उनले आफ्नो बैंकको पैसा गुरुग्रामको एक कम्पनीको खातामा कसैले सारेको दाबी गरेका छन् ।

बोनी भारतीय फिल्मका लोकप्रिय निर्माता हुन् । उनले ‘मिस्टर इण्डिया’, ‘नो एन्ट्री’, ‘जुदाई’, ‘वान्टेड’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्