नेप्से ३००० बिन्दुमा पुग्दा सेयर कारोबारमा नयाँ रेकर्ड

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं,साउन ३१ । सेयर कारोबारमा अर्को नयाँ रेकर्ड कायम भएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार २९ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार हुँदै नयाँ रेकर्ड बनेको हो। गएको सोमबार अर्थात् साउन २८ मा भएको २६ अर्ब ८० करोडको रेकर्ड ब्रेक गर्दै बिहीबार नयाँ रेकर्ड बनेको हो। 

अघिल्लो कारोबार दिन बुधबार २३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार भने २९ अर्ब बढीको कारोबार भएको हो। 

बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि ४३.०५ अंक अर्थात् १.४५ प्रतिशतले बढेर ३०००.८१ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ८.१८ अंकले घटेर २९५७.७५ बिन्दुमा बन्द भएको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्