निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले भदौ २ देखि लागू हुने गरी अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

अधिकारी नेपाल बैंकका पूर्वसीईओ हुन्। तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा गत माघ १ देखि लागू हुने गरी स्वीकृत भएको थियो। 

हाल बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्