नेपाल टेलिकमको खुद नाफा १६.४४ प्रतिशतले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को खुद नाफा १६.४४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको ७ अर्ब ९२ करोड १ लाख रुपैयाँको तुलनामा १६.४४ प्रतिशत कम हो।

टेलिकमको प्रतिसेयर आम्दानी पनि ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँमा झरेको छ। असार मसान्तसम्म टेलिकमको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.९८ गुणा छ।

टेलिकमको बिक्री आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशतले घटेर ६ अर्ब ४८ करोडमा झरेको छ भने कुल आम्दानी ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोडमा सीमित भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्