भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ कात्तिक । बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र भुटान भिड्दैछन् ।

अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।

भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपंक्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरि गोलपोष्टको जिम्मेवारी सुजता तामाङलाई दिइएको छ ।

ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो ।

यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो ।

डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।

नेपाली टोली
गोलकिपरः सुजता तामाङ
रक्षकः सिता रोकाया, विपना स्नेही, अमिता भुल,  सिम्रन राई,
मिडफिल्डरः सुशीला केसी, रेबिका नेपाली, सुक्रिया मिया,
स्ट्राइकरः समीक्षा मगर, दीपा रोकाया (कप्तान), वर्षा ओली,

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्