आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, साउन २७ । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ४८ हजार १०० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्