सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट करिब १० मिनेटको दूरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाइ र शाक्त वातावरणमा रहेको छ। सुर्खेतको कोलाहाल छल्न र शान्त वातावरणको आनन्द लिन आजभोलि मासिन यहाँ आउने गर्छन्।
भग्नावशेषकै रुपमा रहेका बेला २०२९ मा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमणपछि विहारको महत्त्व बढेको देखिन्छ भने यसको पुनर्निर्माण २०७५ गरिएको थियो। ढुंगामा कुँदिएका बुद्धका कलाकृति, विभिन्न बुट्टा हेर्दा यस्तो लाग्छ उत्कृष्ट शिल्पकारी कारिगरीको नमुनाको रहेको छ, सो काँक्रेविहार।
काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक पक्षको अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषण आवश्यक देखिन्छ। विहारको निर्माण १३औं शताब्दीतिर भएको अनुमान छ। केही तथ्यअनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् भन्ने गरिन्छ।
उपत्यकाको उचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्वको काँक्रेविहार कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहे पनि यसको व्यापक प्रचार–प्रसार आवश्यक छ।


























