काठमाडौंमा किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटियो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ साउन । काठमाडौंको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ ।

काठमाडौं महानगरको कानून तथा मानव अधिकार बिभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टासिएको छ ।

महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिक सहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरि महानगर लगेको छ । महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बतऐ ।

उनले उक्त बोतल महानगरमा लगेर परिक्षण गर्ने र किम्चि फास्टफुड सञ्चालकलाई स्पष्टीकरण सोधि आवश्यक कारवाही हुने बताएका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्