सुदूरपश्चिममा कर उठाउन अध्यादेश

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। बजेट शून्य अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राजस्व संकलन गर्न अध्यादेश जारी गरेको छ। 

आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेस गरेको राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश, २०८१ मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

तत्कालीन सरकारले चालू आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेटविहीनताको अवस्था थियो।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँसमक्ष सिफारिस गरेको छ। प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि राजस्व संकलनको बाटो खुल्नेछ।

आय संकलनसम्बन्धी अध्यादेश ल्याएको सरकारले केही दिनभित्र अध्यादेशमार्फत बजेट ल्याइने बतााएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्