३ अर्ब ३० करोड खुद नाफा कमाएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता साढे २६ प्रतिशत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा एक वर्षको अवधिमा साढे ४ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकले २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ। उक्त नाफाबाट बैंकले सेयरधनीलाई २६.५० प्रतिशत लाभांश वितरण गर्न सक्ने उल्लेख छ। अघिल्लो आवमा बैंकले २ अर्ब ७१ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

यसैगरी गत आर्थिक वर्षमा बैंकले १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेबापत बैंकले ५ अर्ब १५ करोड ४४लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.०३ प्रतिशत बिन्दुले बढेर २.१४ प्रतिशत पुगेको छ। गत आवमा बैंकको आधारदर ६.६ प्रतिशत, स्प्रेडरेट ४ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६.८३ प्रतिशत,  प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा, र प्रतिसेयर नेथवर्क २ सय १८ रुपैयाँ ०४ पैसा कायम छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्