डेंगुबाट पत्रकार अधिकारीको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ ।

लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् । अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान युवा पत्रकार गुमाएको उनको भनाइ छ । महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्