![](https://khabarbook.com/wp-content/uploads/2022/08/accident1.jpg)
बारा, १६ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।
ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए ।
घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।