बायर्नको अपराजित यात्रा कायम

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक ।।बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । समूह सीअन्तर्गत अन्तिम खेलमा बायर्नले इन्टर मिलानलाई मंगलबार राति २–० अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभार्ड र  एरिक मोटिङले समान एक एक गोल गरे ।

जितसँगै समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्