काठमाडौं। नेपाल टेलिकमले उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेज परिवर्तन गर्न सकिने सुविधा थपेको छ।
टेलिकमका मोबाइल तथा टेलिफोन प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु होम जडान अनुरोध दर्ता गर्नेदेखि आवश्यकताअनुसारका सेवाका प्याकेज परिवर्तन गर्न सक्नेछन्।
यस्तै, ग्राहक सेवा नम्बर १९८ मार्फत यस्टेलिभिजन सेवाका ग्राहकका लागि आवश्यकताअनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ।
ग्राहकले १९८ डायल गरी आलाकाटा प्रणालीका टेलिभिजन प्याकेज सब्सक्रिप्सनका साथै प्याकेज परिवर्तन गर्न सक्ने टेलिकमले सूचनामार्फत बताएको हो।












