पेरिस ओलम्पिकमा फुटबल आज अर्जेन्टिनाले मोरक्कोसँग खेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

८ साउन, काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू आजदेखि नै सुरु हुँदैछ ।

३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने बिहीबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् ।

पुरुष फुटबलअन्तर्गत आज पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्