छिमेकीको खुकुरी प्रहारबाट खोटाङमा एकको मृत्यु

न्युज कारखाना 
  • ख-
  • ख+

खोटाङ, १५ कात्तिक।।छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो ।

उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग-अलग कोठामा बस्दैआएका थिए ।

सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट टाउको, अनुहार र बायाँ हातमा चोट लागेका रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो ।

खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्