अभिनेत्री मिरुनाले माफी मागेपछि दुवै पक्षबीच सहमति

खबर बुक
  • ख-
  • ख+

कबड्डी-४ फिल्मकी अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोप खेपेका फुर्पा तामाङ र अभिनेत्रीबीच सहमति भएको छ ।

मंगलबार दुई पक्षबीच भएको भेटघाटमा दुवैले माफी माग्दै अब उप्रान्त विवाद नगर्ने सहमति भएको हो ।

 

जारी विज्ञप्तीमा मुगु स्थायी घर भएका फुर्पा तामाङले माफी मागेकी र अभिनेत्रीले पनि भाई सम्झेर माफी दिएको जनाइएको छ । स्‍मरण रहोस् घटना घटेको समयमा पनि तामाङले माफी मागेका थिए तर अहिले आएर फिल्मलाई नै असर गर्ने अवस्था देखिएपछि निर्माण पक्ष लचक भएको हो ।

काठमाडौंका विभिन्न स्थानमा अभिनेत्रीले माफी नमागेसम्म फिल्म प्रदर्शनमा रोक लगाउन माग गर्दै प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डमा पनि अभिनेत्रीले माफी नदिएसम्म चलचित्र प्रदर्शन रोक लगाउन माग गर्दै ज्ञापनपत्र पुगेपछि निर्माण टोलीले नायिकालाई माफी दिन लगाएको बुझिएको छ ।

‘मिति २०७९ जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफ गरेकी छन्,’ विज्ञप्तिमा भनिएको छ।

साक्षीको रुपमा रहेका फिल्म निर्माण टोलीका तर्फबाट रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर र पशुपति राई रहेका छन्।

फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामा रहेका छन्।

अभिनेत्री मगरले पनि घटनाबाट बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन्। दुई पक्षबीच विवाद नगर्ने र एक अर्कालाई अनावश्यक टीकाटीप्पणीसमेत नगर्ने सहमति भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्