काठमाडौं। नेपाली बजारमा लगातार तीन दिनदेखि सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुन मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो।
सोमबार रेकर्ड ब्रेक गरेको सुनको मूल्यले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन मंगलबार पनि पुनः नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। यो मूल्य सोमबारको भन्दा प्रतितोला ९०० ले बढी बढी हो।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० मा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। आज १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











