रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

रौतहट, १५ कात्तिक ।।रौतहटको बृन्दावन नगरपालिका–६ हर्षाहामा हिजो बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा रौतहटकै वौधिमाई नगरपालिका–३ इनरबारि वस्ने १८ वर्षीय  जितेश राय यादवको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरी चौकी हर्षाहाले जनाएको छ ।

अर्का घाइतेको सोही अस्पतालमै उपचार भइरहेको छ ।

प्रदेश २–०३–०२० प ६९२४ नम्बरको मोटरसाइकललाइ नम्बर नखुलेको सवारी साधनले हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । शंकाष्पद एउटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्