सुनचाँदीको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ कात्तिक ।।सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीकाे मूल्य म‌ंगलबार बढेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हाे ।

याेसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्