लाल आयोगको प्रतिवेदन लत्याएर प्राधिकरणले काट्यो रिलायन्स , घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा बिजुली

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। लाल आयोगले बनाएको प्रतिवेदन लत्याएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन उद्योगमा विजलुी काटिदिएका छन्।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको संयोकत्वमा बनाएको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नुको सट्टा उल्टै रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा लाइन काटिदिएका हुन्।

फर्जि बिलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले सोमबार राती ९ बजे तीनै उद्योगको लाइन काटिदिएको हो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्