सहकारी छानविन समितिले पिडितसंग छलफल गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ ।  सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पिडितसंग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पिडितहरुसंग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।सहकारी पिडितका नाममा गठन गरिएका बिभिन्न समितिका संयोजक र प्रतिनिधिमुलक पीडित व्यक्तिहरुसंग बुधबारको बैठकमा छलफल गरिने उनले बताए ।

सहकारी क्षेत्रलाई व्यवस्थीत गर्न र तथ्य प्रमाणसम्म पुग्नका लागि पीडितहरुको सुझाव महत्वपूर्ण हुने थापाले बताउनुभयो । त्यस्तै मंगलबार सहकारी बिभागका पूर्व रजिष्टारदेखि हालका रजिष्टारसंग बैठकले सामूहिक छलफल गरेको थियो । छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताए ।

त्यस्तै ऐन नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा वेवास्ता गर्दा बचतकर्ताहरुको रकम अपचलन भएको उनीहरुको भनाइ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्