काठमाडौं । एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ।
कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत शाखा अधिकृत विनोद कुमार दत्तलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।
सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ।











