काठमाडौं। बुद्ध एयरले विवाहित जोडीलाई उपहारस्वरुप पोखराको दुईतर्फी टिकट योजना पुनः सञ्चालनमा ल्याएको छ।
बुध्दको उडानमा बेहुला–बेहुलीले बुध्द एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।
यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुध्द एयरले पोखराको दुईतर्फी टिकट उपहारस्वरुप उपलब्ध गराउनेछ। बुध्द एयरले शनिबार मात्रै १८औं जहाज भित्र्याएको छ।











