![](https://khabarbook.com/wp-content/uploads/2022/10/L.ou_.-RaMaSha-Ka.-aaNaNaTha-2079-07-13.jpg-2000x1000.jpg)
भक्तपुर, १४ कात्तिक।।प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागू षधसहित नियन्त्रणमा लिएको उनकाे भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।