तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीजकाे नाच हेर्ने विषयमा विवाद हुँदा झडप भएकाे हाे ।

झडप मंगलबार ढुंगा प्रहारबाट २० वर्षिय रोशन जीसीको मृत्यु भएको हो ।​

कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको विष्टको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्