भ्रष्टाचारमा डामिनुअघि मुख्यसचिवको निर्णय, समय तोकेरै सेवा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सरकारी कार्यालयहरूले निश्चित समयावधि तोकेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउनुपर्ने भएको छ। तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याल नेतृत्वमा ६ असारमा बसेको सचिवहरूको बैठकले अवधि तोकेरै सेवाग्राहीलाई सेवा दिने व्यवस्था गर्ने निर्णय गरेको हो।

भ्रष्टाचारमा डामिनुअघि मुख्यसचिव अर्यालले सचिवहरूसँगको बैठकमा निश्चित समय तोकेर नागरिकलाई सेवा उपलब्ध गराउन निर्देशन दिएका थिए।

त्यस अनुरुप मन्त्रालयहरूले आफू मातहतका कार्यालयमा सेवाग्राहीलाई सेवा दिँदा लाग्ने अवधि निश्चित गरेर सेवा दिनुपर्ने छ। यो नियमलाई व्यवस्थित बनाउन सरकारी कार्यालयहरूले टोकनमा आधारित ‘टाइम कार्ड’ प्रणाली लागू गर्नुपर्ने हुन्छ।

सचिवहरूले उक्त निर्णय गरे पनि कस्ता सेवामा कुन विधि, कसरी अपनाउने भन्ने टुंगो लागेको छैन। यो विधि लागू भएमा सेवा ग्राहिलाई सहज हुनेछ। लामो लाइनमा उभिराख्नुपर्ने झन्झटको अन्त्य हुनेछ।

अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी सेवालाई क्रमशः अनलाइन प्रणालीमा आधारित बनाएर गुणस्तर बढाउने उद्देश्यका साथ यो निर्णय गरेको बताइएको छ।

सोही बैठकले प्रकृति र संवेदनशीलताको आधारमा सेवा वर्गीकरण गरी सेवा प्रवाहको लागत कम गर्न र गुणस्तर वृद्धि गर्न निजी क्षेत्रसँग समेत सहकार्य गर्न सकिने सम्भावनाको खोजी गर्ने निर्णय समेत गरेको छ।

1-1719223203.JPG
2-1719223202.JPG

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्