काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले मुलुकको अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरि बजेट कार्यान्वयन गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित माओवादी केन्द्र अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा पुनले उत्पादन, रोजगारी सिर्जना लगाएतका बिषयका केन्द्रीत गरि बजेट निर्माण गरिएको भन्दै अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरि बजेट कार्यान्वयन गर्ने बताउनुभएको हो ।
वर्तमान सरकारले आत्मनिर्भर उत्पादनमा जोड दिएका कार्यकर्ताहरुलाई उत्पादनसंग जोड्दै अघि बढ्ने उहाले बताउनुभयो । माओवादी केन्द्रका नेता समेत रहनुभएका पुनले संविधानले कल्पना गरे अनुसारको समाजवादमा जाने गरि कार्यक्रम र विचारलाई अघि बढाइने उल्लेख गर्नुभयो ।
उहाले पुरातन समाजवादीका साथै एकात्मक समाजवाद नेपालमा सम्भव नभएको पनि बताउनुभयो











