रुसी हमलापछि युक्रेनका ४० लाख मानिसको विद्युत् प्रभावित

खबर बुक
  • ख-
  • ख+

मस्को, १३ कात्तिक ।।रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  बताएका छन् ।

‘अहिले हाम्रो देशका धेरै शहर र अन्य क्षेत्रहरूमा लोडसेडिङको तालिका प्रयोग गर्छन’, नियमति सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । लोडसेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अबलम्बन गरिएको उनको भनाइ छ । केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य उर्जा केन्द्र्रहरूमा हमला गरेको थियो ।

पछिल्ला समयमा रुसी सेनाले युक्रेनमा सुविधा केन्द्र र पूर्वाधारलाई निशाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, अमेरिकाले युक्रेनलाई २७५ मिलियन डलर बराबरको सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्